सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा च्यापिएर मजदुरको मृत्यु


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार १५:२५ 
  • तनहुँ, २३ पुस । जिल्लाको ऋषिङ गाउँपालिका-१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका-५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो ।

    कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६-००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मङ्गलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो । उहाँका अनुसार उपचारका क्रममा उहाँको गएराति मृत्यु भएको हो 

    टिपर चालक चितवनको राप्ती नगरपालिका-२ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका-८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ । 

    त्यसैगरी पृथ्वीराजमार्ग सडकअन्तर्गत बन्दीपुर गाउँपालिका-४ ठूलोढुङ्गा नजिक ग १६ प १६५३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । भारतको रडिया थाना गोडिजग पूर्वी चाम्पा रोड घर भई हाल बन्दीपुर-४ डुम्रे बजारमा बस्दै आएका ५५ वर्षीय कुलदेव शाह घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते शाहलाई स्थानीय मोती अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेज पठाइएको छ । टाउँकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक बन्दीपुर-१ किहुँ घर भएका २४ वर्षीय सोमबहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.