सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार १३:५८ 
  • काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई त्तकाल समाधान गर्न आग्रह गरेको छ ।

    युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

    “पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, सहमति र सहकार्यको संस्कृति एवं लोकतान्त्रिक विधि र पद्धतिमार्फत निरुपण गरी पार्टी संरचनाका सम्पूर्ण नेतृत्व एकढिक्का हुनु जरुरी छ”, युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ट्रेड युनियन कांग्रेसले पार्टीका लाखौँ कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण जनताको भावनाविपरीत पार्टीका उच्च नेतृत्वदेखि कार्यकर्ता पङ्क्तिसम्म आन्तरिक हुनु चिन्ताको विषय भएको जनाएको छ । सम्भावहिनता र आपसी आरोपप्रत्यारोपले पार्टीप्रति आस्था राख्ने बुद्धिजीवी, पेसाकर्मी, श्रमजीवी र सम्पूर्ण मतदातालाई दुःखित र चिन्तित बनाएको महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    जेनजी आन्दोलनपछि राजनीतिक अन्यौलता, आर्थिक एवं सामाजिक विचलनको अवस्थाबाट गुज्रिएको मुलुकलाई दिशानिर्देश गर्दै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

    मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेसले आगामी दिनमा समेत मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता भएकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत पार्टी नेतृत्वलाई युनियनले आग्रह गरेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.