banner news

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यकः राम कार्की
-न्युजभित्तो

काठमाडौँ, २२ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । आज प्रलोपाको काठमाडौँ जिल्ला एकता भेला तथा बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले प्रशिक्षणात्मक मन्तव्यमा जनतासँग प्रत्यक्ष जोडिएको,...

एकल महिला र वृद्धवृद्धालाई सिरक डसना प्रदान
-न्युजभित्तो

महोत्तरी, २२ पुस । लायन्स क्लब अफ बर्दिबास समाजले शीतलहरबाट प्रभावित दलित बस्तीका एकल महिला र वृद्धवृद्धालाई डसना प्रदान वितरण गरेको छ । समाज आबद्ध लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ (एफ) का गभर्नर केशरबहादुर भण्डारी सहितका लायन्स पदाधिकारीले बर्दिबास...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २२ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२...

सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ
-न्युजभित्तो

काठमाडौँ, २२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने...

सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगञ्जमा ‘कर्फ्यू’ हटाइयो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २२ पुस । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यू’ ...

निःशुल्क आँखा शिविरः ३५० बढीको शल्यक्रिया हुने
-न्युजभित्तो

बरहथवा (सर्लाही), २२ पुस । बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ । बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र  तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको...

दलित विद्यार्थीलाई कम्बल र न्याना लुगा वितरण
-न्युजभित्तो

बैतडी,२२ पुस । सशस्त्र प्रहरी बलले यहाँको विणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दलित विद्यार्थीलाई जनही एक थान कम्बल र १० जना जेष्ठ नागरिकलाई न्याना लुगा वितरण गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी बलका गुल्मपति जङ्गबहादुर कुँवरले सशस्त्र प्रहरी बल...

गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २२ पुस । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४०...

सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने
-न्युजभित्तो

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज पार्टीका नेताहरूसँग भएको भेटमा उहाँले विशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर आगामी माघ ६ गतेपछि विशेष महाधिवेशन...

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…
-न्युजभित्तो

म्याग्दी, २२ पुस । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो ।...