सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्जको जनजीवन सामान्य बन्दै


  •    न्युजभित्तो/२३ पुष २०८२, बुधबार १३:०४ 
  • वीरगञ्ज (पर्सा), २३ पुस । सर्वदलीयरसर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ । 

    लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो । मङ्गलबार बेलुकादेखि भने यहाँका बजार छिटछुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ । यहाँका विद्यालय, बजार, उद्योगधन्दा तथा कलकारखाना पनि पूर्णमा रूपमा सञ्चालनमा आएका छन् । 

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको बताउनुभयो । “सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै यहाँको जनजीवन सामान्य भइरहेको हो”, उहाँले भन्नुभयो । 

    प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबीच विवादको अवस्था सिर्जना हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो । सम्भावित जोखिम हुन नदिन र अवस्था सामान्य बनाउन सोमबारदेखि यहाँ कर्फ्यू लगाइएकामा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै कर्फ्यू हटाइएको उहाँले जानकारी दिनुभयो ।

    स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू हटाइएसँगै वीरगञ्जको बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ भने वीरगञ्जको मेनरोडमा रहेका पसलहरू सञ्चालनमा आएका छन् । यस्तै रिक्सा, टाँगा, मोटरसाइकल तथा अन्य सवारीसाधन पनि पूर्ववत् रुपमा चलिरहेका छन् । 

    जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मङ्गलबार बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यू मङ्गलबार दिउँसो ३ः०० बजेदेखि हटाइएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.