सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी जाने सडकको झाडी सफाइ गरिँदै


  •    न्युजभित्तो/२४ श्रावण २०८३, आईतवार १६:०९ 
  • नारायणगढ (चितवन), २४ साउन । चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडकको छेउछाउमा बढेको झाडी सफाइ गर्न थालिएको छ । बर्खाको समयमा सडकको दायाँबायाँ झाडी बढ्दै जाँदा वन्यजन्तु लुकेर बस्ने र सवारीसाधन तथा यात्रुमाथि आक्रमण गर्नसक्ने, दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक छेउको झाडी फँडानी गर्न थालिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयबीचको समन्वयमा सडक डिभिजनले आजदेखि झाडी सफाइको काम सुरु गरेको हो । निकुञ्जको कसरा चोकबाट रिउखोलासम्मको सडक क्षेत्रमा झाडी सफाइ गरिने उहाँले जानकारी दिनुभयो ।

    “सडक छेउछाउमा वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर झाडी फँडानी गर्न अनुमति दिइएको हो”, उहाँले भन्नुभयो । निकुञ्जभित्रका वन्यजन्तु तथा मुख्य वनस्पतिमा असर नपर्ने गरी आवश्यक क्षेत्रको मात्र झाडी फँडानी गर्न अनुमति दिइएको थापामगरले बताउनुभयो । सडक डिभिजन कार्यालयले झाडी सफाइसँगै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा आवश्यक मर्मतसम्भारको कामसमेत सुरु गरेको छ ।

    माडी आवतजावत गर्ने मुख्य सडकका रूपमा रहेको उक्त सडकमा वर्षायाममा सडक छेउछाउमा झाडी बढ्ने गरेकाले सवारी चालकलाई वन्यजन्तु देख्न कठिन हुने गरेको छ । झाडी सफाइपछि सडकको दृश्यता बढ्नुका साथै वन्यजन्तु र यात्रु दुवैको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    माडी जाने सडकको झाडी सफाइ गरिँदै
    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
    • सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि
    • सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक
    • करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.