कृषि / पर्यटन

व्यावसायिक रुपमा काजिलपालन शुरु
-न्युजभित्तो

डोटी, १ पुस । डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन शुरु गरिएको छ । स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन शुरु गरेका हुन । काठमाडौँ र कैलालीबाट...

चित्तल मारेर खाँदै गर्दा सात जना रंगेहात पक्राउ
-न्युजभित्तो

चितवन, ३० मंसिर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट चित्तल मारेर ल्याई खाँदै गर्दा सात जना पक्राउ परेका छन् । निकुञ्जको घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेको अवस्थामा सोमबार राती निकुञ्ज र सेनाको...

उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ , ३० मंसिर । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका हुन् । गृहमन्त्री...

सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित
-न्युजभित्तो

तनहुँ, २८ मङ्सिर । तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला...

नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै
-न्युजभित्तो

-आचार्य, कावासोती, २५ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्याङ्क अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ...

चितवनको किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण
-न्युजभित्तो

मुग्लिन, २५ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा...

बासमती धानमा नेपालले दाबी पेश गर्ने
-न्युजभित्तो

काठमाडौँ, २४ मङ्सिर । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका...

नारायणी किनारलाई ‘सीविच’ मोडलमा विकास गर्दै महानगर, ६ करोड ५० लाखको बोलपत्र आव्हान
-न्युजभित्तो

चितवन, २४ मंसिर । नारायणी नदी किनारमा गुरुयोजना बनाएर पर्यटकीय विकासका काम अघि बढेका छन् । भरतपुर महानगरपालिकाले नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो । महानगरले तयार गरेको गुरुयोजना अनुरुप काम गर्नका लागि संस्कृति पर्यटन तथा...

रोकियो जग्गाको कित्ताकाट
-न्युजभित्तो

काठमाण्डौं, २३ मंसिर । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको...

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो
-न्युजभित्तो

२३ मंसिर, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...