उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १५:५५
काठमाडौँ , ३० मंसिर । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका हुन् ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।
बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि उपस्थित रहेका थिए । पैसा नपाएपछि उखु किसानहरू आन्दोलनमा उत्रिएका छन् ।