सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चित्तल मारेर खाँदै गर्दा सात जना रंगेहात पक्राउ


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १९:४६ 
  • चितवन, ३० मंसिर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट चित्तल मारेर ल्याई खाँदै गर्दा सात जना पक्राउ परेका छन् । निकुञ्जको घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेको अवस्थामा सोमबार राती निकुञ्ज र सेनाको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं. २३ बस्ने ४९ वर्षिय शुकबहादुर दरै, ४२ वर्षिय चन्द्रप्रसाद दरै, २८ वर्षिय दिपक दरै, सन्तकुमार दरै, ६० बर्षिय बुद्धिबहादुर दरै, २८ वर्षिया सुकमाया दरै र ५० वर्षिया शान्ति दरै रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारीले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरा समेत बरामद गरिएको छ ।

    उनीहरुलाई सोमबार राती ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक कानुनी कारवाही अगाडि बढाईएको निकुञ्जले जनाएको छ । पछिल्लो समय निकुञ्जमा चोरीशिकारका घटना बढ्न थालेपछि निकुञ्जले सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.