सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार १५:५० 
  • तम्घास (गुल्मी), १७ वैशाख । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामुलक प्रयोजनका छन् । तर सोही महोत्सवमा एक युवा, जसले फोटोमार्फत गुल्मी चिनाइरहनुभएको छ । 

    गुल्मीदरबार गाउँपालिकाको चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्नुहुन्थ्यो । उहाँले जिल्लाका धेरै धार्मिक तथा पर्यटकीय स्थलको तस्बिर खिच्नुभएको छ । उहाँले खिच्नुभएका तस्बिर महोत्सवमा प्रदर्शनीका लागि राख्नुभएको हो ।

    उहाँले महोत्सवको मञ्च अगाडि जिल्लाका विभिन्न स्थानका २० तस्बिर प्रदर्शनीमा राख्नुभएको छ । जसमा गुल्मीको नामकरण भएको गुल्मी चारपाला दरबार, जिल्लाको प्रमुख पर्यटकीयस्थल रेसुङ्गा यज्ञशाला, रेसुङ्गा टावर, रेसुङ्गा महापोखरी, रेसुङ्गाबाट देखिने हिमाल, भुवाने पार्क, तम्घास बजार, विभिन्न ठाउँबाट देखिने हिमशृङ्खला, चरचुङ्गीलगायतका तस्बिर छन् ।  

    सुरुसुरुमा उहाँले खिच्नुभएका तस्बिर राष्ट्रियस्तरका मिडियामा समेत आइरहेका थिए । त्यो देख्दा उहाँलाई फोटोग्राफीमा रुचि बढ्न थाल्यो र थप तस्बिर खिच्न थाल्नुभयो । अन्ततः उहाँका साथी बर्दघाटका राज अधिकारीले महोत्सवमा फोटो प्रदर्शनी गर्ने सल्लाह दिनुभयो । उहाँको सल्लाहअनुसार दिनेशले फोटोमार्फत गुल्मी चिनाइरहनुभएको छ ।

    प्रदर्शनीका लागि उहाँको व्यक्तिगत ४० हजार रुपैयाँ जति खर्च भएको छ । उहाँले भन्नुभयो, “पैसाभन्दा पनि गुल्मी चिनाउने मेरो प्रमुख उद्देश्य हो ।” रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.