राष्ट्रिय
देउखुरी, २२ वैशाख । दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४...
गण्डकी, २२ वैशाख । पोखरा महानगरपालिका–३२ मा विकासका कामले तीव्रता पाएको छ । प्रदेश गौरवका आयोजनासँगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन लगायतका हरेक क्षेत्रमा विकासका कार्यक्रमले गति लिएका हुन् । नेपालको एकीकरणका क्रममा यस क्षेत्रका १२ वटा राज्यका राजा कास्कीको पूर्वी...
काठमाडौँ, २२ वैशाख । कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार...
मकवानपुर, २२ वैशाख । कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिनुभयो ।...
कर्णाली, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी...
कैलाली, २२ वैशाख । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन्...
भरतपुर, २२ वैशाख । नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा...
काठमाडौं, २१ वैशाख । सरकारले मंगलबार एकै पटक ७ वटा अध्यादेश जारी गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार मंगलबार जारी भएका अध्यादेश यसप्रकार छन्ः १ यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने...
चितवन, २१ वैशाख । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो । भरतपुर अस्पतालका...
काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय...















