सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्क्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार ०९:५४ 
  • कनकाई, २६ वैशाख । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले आइसोलेशन कक्ष सञ्चालनको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् ।

    कोरोनाका कारण अतिप्रभावित स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय पालिकाले आइसोलेशन सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सक्रिय सङ्क्रमितका लागि ठूला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदाघुमाउँदै धेरै बिरामीले ज्यान गुमाउनुपरेको दयनीय अवस्थालाई मध्यनजर गर्दै हरेक पालिकाले आफ्ना नागरिकको जीउधनको सुरक्षाका लागि स्थानीयस्तरमै आइसोलेशन कक्ष सञ्चालन गर्न लागेको बताइएको छ ।

    यसै क्रममा कनकाई नगरपालिकाले पहिलो चरणमा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सञ्चालनमा ल्याउने भएको छ । आवश्यक सामग्रीका साथमा चाँडै आइसोलेशन कक्ष सञ्चालनका लागि तयारी गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै सङ्क्रमितलाई स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श सेवा सञ्चालन गरिने भएको छ । कोरोनासम्बन्धी आवश्यक परामर्शका लागि २४सै घण्टा सेवा उपलब्ध गराउन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा अभिषेक नायकलाई जिम्मेवारी प्रदान गरिसकेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

    जिम्मेवारी पाएसँगै डा नायकले हाल कोरोनाबाट सङ्क्रमित भई होम आइसोलेशनमा रहेका कनकाई नगरवासीसँग फोन सम्पर्क गरी स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श लिने साथै प्राथमिक औषधोपचारका विषयमा सल्लाह दिने गरेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.