सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण जनशक्ति कोभिड नियन्त्रण र शान्तिसुरक्षाका लागि परिचालन गर्न आग्रह : गृहमन्त्री थापा


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १६:५१ 
  • मकवानपुर, २४ वैशाख  । गृहमन्त्री रामबहादुर थापाले मकवानपुर जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको आज निरीक्षण गर्नुभएको छ ।

    उहाँले उक्त कार्यालयले जनहितका लागि पुयाएका विभिन्न सेवाको पनि सम्बन्धित अधिकृतबाट जानकारी लिनुभयो । सो अवसरमा मन्त्री थापाले तत्कालै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी जिल्ला अस्पताललगायत विभिन्न स्थानीय तहमा आइसोलेशन कक्षको स्थापना गर्नाका साथै जिल्ला समन्वय समिति र स्थानीय तहसँग समन्वय गरेर उपचारसेवालाई अघि बढाउन प्रजिअलाई निर्देशन दिनुभयो ।

    उहाँले जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउन जिल्ला सुरक्षा समितिलाई भूमिका निर्वाह गर्न आग्रह गर्दै जिल्लाका अस्पताल र स्वास्थ्यकर्मीलाई संघीय सरकारले आफ्नो स्रोतसाधन र चिकित्सकको दरबन्दी उपलब्ध गराउँदै आएको स्मरण गराउनुभयो । सो अवसरमा प्रजिअ भरतमणि पाण्डेले जिल्लामा शान्तिसुरक्षाको अवस्थामा सुधार आएको, विभिन्न स्थानमा प्रहरी परिचालन भइरहेको र कोभिड–१९ नियन्त्रणका लागि जनशक्ति परिचालन गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.