सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जर्मनी अन्तर्राष्ट्रिय नेपाली समाजमा सुमन


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १६:३२ 
  • जर्मन,२४ वैशाख । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित एबं विकासको काम गर्ने उदेश्यका साथ अन्तर्राष्ट्रिय नेपाली समाजले ले जर्मनी अन्तराष्ट्रिय नेपाली समाज राष्ट्रिय कार्यसमिति गठन गरेको छ । सुमन बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

    बुधबार भर्चुअल माध्यमबाट भएको भेलाले समितिको वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल र उपाध्यक्षहरुमा मुना कार्की र राधा गौतमलाई चयन गरेको छ । समितिको महासचिवमा विकाश सुबेदी, सचिवहरुमा प्रदीप परियार, अमृत लामिछाने रहेनु भएको छ ।

    समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह–कोषाध्यक्षमा टीकाराम बस्याललाई सर्बसहमत रुपमा चयन गरेको हो । समितिको सदस्यहरुमा कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी , कमल अधिकारी, मुना पौड़ेल, उज्वल भण्डारी, कृष्ण ओली,सुबास पौड़ेल र सन्जु तामाङ रहनु भएको छ । समितिको सल्लाहाकारमा मोहन बहादुर कार्की, हूमनाथ ढकाल र भरत चलाउने रहनु भएको छ ।

    कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताउनु भयो । त्यसैगरी अन्तराष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत ब्यक्त गर्नुभयो ।

    कार्यक्रमका विशेष अतिथि कबि तथा राष्ट्रीय गीतका रचनाकार ब्याकुल माईला ( प्रदीप कुमार राई)ले शुभकामना मन्तव्य राख्दै हरेक क्षेत्रमा नेतृत्व आफैं ’रोल मोडल’ भएर उत्रिदामात्र अपेक्षित नजिता हासिल हुने कुरामा जोड दिदै नवगठित समाजका हरेक युवाहरु नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
    कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपाने ज्युले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने उदेश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै सफलताको शुभकामना व्यक्तगर्दं आफ्नो छेत्रबाट पूर्ण साथ दिने बाँचा गर्नु भयो । कार्यक्रममा विभिन्न देश तथा पेसामा जोडिएर रहनु भएका, प्रा.डा. टंकनाथ शर्मा (पूर्व डिन काठमाण्डौ विश्वविद्यालय ), करुणा तुलाधार राई(संयोजक, गैरआवसीय नेपाली महिला फोरम,जर्मनी) डा. नारायण गैरे ,डा.पुष्पा शर्मा घिमीर ,बिक्रम श्री ,गोवध्दन पूजा ,डा.भुपाल पाण्डे लगायत अन्य विशिष्ट व्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै संसारभरबाट नेपाली युवाहरु जोडिएर नेपाल र नेपालीको हित र विकासमा काम गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

    नवगठित समितिका अध्यक्ष सुमन बस्नेत , उपाध्यक्षद्वय मुना कार्की र राधा गौतमले पदभार ग्रहण पश्तात बोल्दै पुर्ण सेवाभावका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिबद्दता जाहिर गरेका थिए ।साथै स्पष्टता,ईमानदारिता,नैतिकता,पारदर्शिकता,गैर राजनिकता ,जस्ता विषयमा पूर्ण रूपले जोडदिदै संस्थाका सम्पुर्ण सदस्यहरूले यि कुराहरुको आत्मसाथ गर्न अध्यक्ष सुमन बस्नेतले अनुरोध गर्नुभयो।

    कार्यक्रममा राधा गौतम, समाजका महासचिव अर्जुन श्री लगाएतले बोल्नुभएको थियो । सो कार्यक्रममा जर्मनी, नेपाल, पोर्चुगल, मलेसिया, अष्ट्रिया, इजरायल लगायत बिभिन्न देशबाट बाक्लो उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.