शनिबार आकस्मिक जस्तै गरी मन्त्रिपरिषद् बैठक बस्दै
न्युजभित्तो/२५ बैशाख २०७८, शनिबार ११:१०
काठमाडौं, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए ।
ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाक्नु भएको छ । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ । तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्ने व्यवस्था छ । आकस्मिक जस्तै गरी बोलाईएको आजको बैठकमा के निर्णय हुन्छ भन्ने विषय चासोपूर्वक हेरिएको छ ।