सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच एम्बुलेन्स तयारी अवस्थामा


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १०:०७ 
  • रसुवा, २६ वैशाख  । जिल्लाका प्रायः क्षेत्रमा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी हालतमा राखिएको छ । जिल्लामा यही वैशाख ५ गते पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।

    रसुवा जिल्ला भौगोलिक विकट भए पनि अधिकांश स्थानमा मोटरबाटो खुलेका कारण जटिलखाले सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अस्पताल पुयाउन पाँचवटा एम्बुलेन्स तयार गरिएको र नपुग भएको खण्डमा अन्य सवारी साधनसमेत परिचालन गराउने व्यवस्था मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गरी कोरोनाबाट बच्न र बचाउने कार्यमा सचेत रहन आग्रह गर्दै प्रजिअ ढकालले चिकित्सक एवं स्वास्थ्यकर्मीले दिएका सुझावलाई पालना गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

    जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्डमा २४, उत्तरगयामा १५, कालिकामा ५९, आमाछोदिङ्मोमा ११ एवं नौकुण्डमा ४२ जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिनुभयो । तीमध्ये १२ संस्थागत आइसोलेशन र अन्य होमक्वारेन्टिनमा रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    कोरोना सङ्क्रमितमध्ये एक जनाको भने नुवाकोटको त्रिशूली अस्पतालमा निधन भएको बताइएको छ । पछिल्लो समय २२४ को स्वाब परीक्षण भइसकेको र कालिका गाउँपालिकाबाट त्रिशूली अस्पतालमा पठाएका स्वाबमध्ये ६४ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तै कोभिड–१९ को शुरूआत भएयता समग्रमा दुई हजार ६६ जनाको स्वाब परीक्षण भएको जनस्वास्थ्य अधिकृत देवकोटाले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.