राष्ट्रिय
तनहुँ, २१ वैशाख । व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ । व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो...
काठमाडौँ, २१ वैशाख । समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ-संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ । परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन...
राँझा, २१ वैशाख । पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान...
काठमाडौँ, २१ वैशाख । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि...
काठमाडौँ, २१ वैशाख । गोरखा भूकम्पको छ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ...
ताप्लेजुङ, २१ वैशाख । ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा,...
काठमाडौं,२१ वैशाख । नेपाललगायत विश्वभरमा कोरोनाको दोश्रो लहरले आक्रान्त बनाएको छ। छिमेकी भारतको केही दिन पहिलाका श्रव्यदृष्य सामग्रीहरुले सबैको मन छियाछिया बनायो। नेपालमा पनि बाँकेमो पछिल्लो समय कोरोनाले आक्रान्त बनाएपछि त्यहाँका नर्सहरुको तस्वीर भाइरल भयो। हामीले हरेक परिस्थितिलाई सामान्य रुपमा आंकलन...
जलेश्वर, २१ वैशाख । महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई...
काठमाडौं ,२१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन आह्वान भएपछि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। आज तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा २७ गते बस्ने संसदको विषेश अधिवेशनका विषयमा छलफल हुने बताइएको छ। ‘काठमाडौंमा...
सल्यान, २१ वैशाख । सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन् । अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि...
















