राष्ट्रिय
काठमाडौं, २८ जेठ । आज सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ...
काठमाडौँ, २८ जेठ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिलकुमार पोखरेल नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो । गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ...
सोलुखुम्बु, २८ जेठ । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । यहाँबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागL दुर्घटना भएको...
किमाथाङ्का, २८ जेठ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उहाँको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख...
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए। यो बैठकमा अरू एजेन्डा नभएका कारण बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने...
काठमाडौँ, २८ जेठ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गादशहरा मेला आजदेखि शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानैदेखि...
जाजरकोट, २८ जेठ । धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण...
कर्णाली, २८ जेठ । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना...
डोटी, २८ जेठ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै...
कञ्चनपुर, २८ जेठ । बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद...











