सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन, निःशुल्क कोभिड उपचारको सूचि सार्वजनिक गर्न निर्देशन


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १६:११ 
  • चितवन, ३१ जेठ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनले जिल्लाका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार कोभिड–१९ संक्रमितको उपचार भए/नभएको बारेमा अनुगमन गरिएको हो ।

    चितवन मेडिकल कलेज (सिएमसी) र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (सिएमएस) को आज साोमबार अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड उपचारको समग्र अवस्थाबारे अनुगमन गरिएको  जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार निःशुल्क उपचार लगायतका सेवा सुविधाबारेमा अनुगमन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “समग्रमा राम्रो देखियो, केही सुधार गर्नुपर्ने विषय सुझाव दिएका छौं ।”

    प्रजिअ लामिछानेले भन्नुभयो “कोभिड संक्रमितलाई निःशुल्क उपचार भए नभएको, अतिरिक्त शुल्क लिए नलिएको, लिएको भएमा कुन कुन शीर्षकमा लिएको हो त्यसबारेमा अनुगमन ग-यौं ।” आफूहरुले आवश्यक सुझाव र निर्देशन दिएको बताउँदै उहाँले  भन्नुभयो “केही केही सुधार गर्नुपर्ने कुराहरु देखियो ।”

    अनुगमनका १६ बुँदे सूचकभित्र रहेको अनुगमन गरिएको बताउँदै उहाँले भन्नुभयो “समग्रमा हेर्दा कोभिड उपचारको व्यवस्थापन सन्तोषजनक पाईयो ।” उहाँले केही सुधार गर्नुपर्ने पनि देखिएको बताउँदै उहाँले भन्नुभयो “बिरामीले खाना खाने व्यवस्था, कुरुवालाई छुट्टै बस्ने व्यवस्था, शंकास्पदलाई आईसेलेसनमा राख्ने व्यवस्थामा केही सुधार गर्नुपर्ने देखियो ।”

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले निःशुल्क सेवा दिएका संक्रमितहरुको विवरण सार्वजनिक गर्न निर्देशन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयको जेठ २७ को निर्देशन अनुसार उपचार भए नभएको बारे अनुगमन गरिएको बताउँदै  भन्नुभयो “स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न भनेका छौं ।” सम्बन्धित अस्पतालमा कोभिड उपचार बारे गुनासो सुन्ने संयन्त्र बनाउनु पर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले अगाडि भन्नुभयो “हामीले राम्रो गर्नका लागि केही सुझाव दिएका छौं ।” यो महामारीमा खटेर सेवा दिईएकोप्रति अस्पतालहरुलाई धन्यवाद दिएको उहाँले बताउनुभयो । अनुगमनममा प्राप्त गरेका विवरण र अस्पतालहरुले लिखित रुपमा दिने विवरणलाई समेटेर केही दिनमा प्रतिवेदन तयार गरिने तिवारीको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.