सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हिंसात्मक अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १६:०१ 
  • काठमाडौं, ३१ जेठ । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ ।

    उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

    अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    उनीहरुले आफ्नो सांसदले आपत्तिजना अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले अझै मौनता साँधेको भन्दै विरोध जनाएको छ । ‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ उनीहरुको ज्ञापनपत्रमा भनिएको छ ।

    एमालेका भातृ संगठन तथा पेशागत संगठनका प्रतिनिधिले प्रदेशसभामा आपत्तिजनक अभिव्यक्ति दिँदा सांसदहरुले विरोध नगर्नु खेदजन्य विषय भएको बताएका छन् ।

    गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए । आफ्नो अभिव्यक्तिको विरोध भएपछि उनले प्रदेशसभामा माफी मागेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.