सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचौँपटक निषेधाज्ञा जारी


  •    न्युजभित्तो/१ असार २०७८, मंगलवार १०:५३ 
  • महोत्तरी, १ असार । कोभिड–१९ महाव्याधिको सङ्क्रमण बढ्न नदिन महोत्तरीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । गत वैशाख २२ गते पहिलोपटक जारी निषेधाज्ञा पटक–पटक अवधि थपिँदै अहिले पाँचौँपटक जारी गरिएको हो । गए मध्यरातदेखि लागू पछिल्लो निषेधाज्ञा अवधि एक साता कायम रहने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

    जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । महाव्याधिले जेठ मसान्तसम्म ८१ जनाको ज्यान लिइसकेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म महामारीले १८ जनाको मृत्यु भएको थियो ।

    यसपालि अहिलेसम्म दुई हजार ५६७ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन् । अहिलेसम्म एक हजार २३० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो । जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य एक हजार २४७ सङ्क्रमित स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।

    जिल्लामा पाँचौँपटक जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । यसअघि बिहान तीन घण्टामात्र किराना पसल सञ्चालनको अनुमति रहेको थियो । अहिले भने साँझ पनि तीन घण्टा अत्यावश्यक सामग्रीका पसल खुल्ने जनाइएको छ । यद्यपि सुरक्षाका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । यस अवधिमा भारतीय सीमावर्ती नाका पूर्ण बन्द रहने र सार्वजनिक यातायात, हाटबजार, समूहमा हिँडडुल र विद्यालय बन्द नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

    डोटीमा असार १० सम्म निषेधाज्ञा

    डोटी स् जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी असार १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी÷कपडा, निर्माण सामग्रीका पसल बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

    विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूटीपार्लर, जिमहल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

    कोरोनाबाट बच्न सचेतीकरण अभियान

    दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा दैनिक सङ्क्रमणदर बढ्न थालेपछि यहाँको एक गैरसरकारी संस्थाले सचेतीकरण अभियान सञ्चालन गरेको छ । लामो समयदेखि जिल्लामा विभिन्न विकासमूलक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सम विकास केन्द्र नेपालले कोरोना भाइरसबाट बच्न जिल्लामा १० दिने सचेतना अभियान सञ्चालन गरेको हो । एचबिसिसी, युनिलिभर र एक्सनएड नेपालसँगको सहकार्यमा स्थानीय समुदायमा कोरोनासम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकको अगुवाइमा उक्त अभियान सञ्चालन गरिएको संस्थाका कार्यक्रम संयोजक केशव परियारले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यहाँका स्थानीय नागरिकलाई कोरोनाबाट जोगिने उपाय र सर्तकताबारे सचेतना गर्न सन्देशसहित माइकिङ, प्रचारप्रसार गर्ने गरिएको छ । संस्थाद्वारा परिचालित युवाहरुले समुदायमा गएर कोरोना भाइरसबारे जानकारी, यसको लक्षण, कोरोना सङ्क्रमण सर्ने कारण र त्यसबाट बच्ने उपायसम्बन्धी जानकारी दिन थालेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताउनुभयो ।

    अभियानको शुरुआतमा दिपायल सिलगढी नगरपालिका–२, ४, ५, ६ र ७ का विभिन्न ठाउँमा सचेतनामूलक सन्देशसहित माइकिङ गरिएको छ । साथै उक्त अभियान दिपायल सिलगढी, शिखर नगरपालिका र केआइसिंह गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा १० दिनसम्म सञ्चालन गरिने संस्थाले जनाएको छ । जिल्लामा पछिल्लो समय कम्तीमा पनि एक हजार २०० कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.