राष्ट्रिय

युनियन लाइफले २४ गतेदेखि आईपीओे बिक्री खुला गर्ने
-न्युजभित्तो

काठमाडौं, १६ असार । युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ...

संवैधानिक इजलास : प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय
-न्युजभित्तो

काठमाडौं, १६ असार । संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने...

बालिका अपहरणका आरोपी जेल चलान
-न्युजभित्तो

सप्तरी, १६ असार ।  बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान...

पाकिस्तानद्वारा सहायता रकम हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, १६ असार  । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक...

बाढी पहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने
-न्युजभित्तो

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट...

शान्ति सैनिकप्रति सकारात्मक भावना
-न्युजभित्तो

काठमााडैः नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो । सैनिक जनसम्पर्क तथा...

तनहुँमा कृत्रिम हिमाल निर्माण
-न्युजभित्तो

तनहुँ १६ असार । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो...

रातिदेखि परेको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध
-न्युजभित्तो

दमौली, १६ असार । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो...

आज दिनभर मौसम सामान्य देखि पूर्ण वदली सम्म
-न्युजभित्तो

काठमाडौं, १६ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख...

थप एक हजार ७२८ जना कोरोना सङ्क्रमित, चारहजार ३४८ सङ्क्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं, १५ असार । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ७२८ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जनाए अनुसार सात हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्रमित भेटिएका हुन्...