सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सप्तकोशीमा पानीको वहाव उच्च, ३० वटा ढोका खोलिए


  •    न्युजभित्तो/१९ असार २०७८, शनिबार १५:४६ 
  • विराटनगर,१९ असार । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

    शनिबार दिउँसो पानीको बहाव वहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो ।

    हिमाली र पहाडी क्षेत्रमा भएको वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन हुन्छ ।

    बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरेको उनले बताए ।

    दुई लाख ५० हजारभन्दा माथि गएपछि खतरा मानिन्छ । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तीसमेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तटीय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको र सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए ।

    इटहरीका केही क्षेत्र डुवानमा

    पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ ।

    इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढेको छ । सुनसरी, बुढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् ।

    सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यसवर्षकै उच्च मापन भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.