सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोलखाको विगु र गौरीशङ्करका नागरिकलाई खोप लगाइने


  •    न्युजभित्तो/१९ असार २०७८, शनिबार १५:१९ 
  • दोलखा, १८ असार । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका दोलखाको विगु र गौरीशङ्कर गाउँपालिकाका स्थानीय वासिन्दालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।

    विगुका ४५ वर्ष माथिका र गौरीशङ्कर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो । दुई स्थानीय तहका नागरिकलाई यही असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था र खोप केन्द्रमा कोरोनाविरुद्धको पहिलो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।

    दुबै गाउँपालिकाका लागि सात हजार २०० भेरोसिल खोप प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाउन चाहने व्यक्रिले नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने छ ।

    जेठ २५ देखि २ असारसम्म भेरोेसिलको पहिलो खोप लगाएका जिल्लाभरका ६२, ६३ र ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक र सोही समयमा पहिलो खोप लागाएका अग्रपङ्तिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि दोस्रो खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.