राष्ट्रिय
दोलखा, १८ असार । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका दोलखाको विगु र गौरीशङ्कर गाउँपालिकाका स्थानीय वासिन्दालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको छ । विगुका ४५ वर्ष माथिका र गौरीशङ्कर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो...
काठमाडौँ, १९ असार । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५०...
काठमाडौं,१९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो । यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ...
कर्णाली, १९ असार । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका दुल्लु नगरपालिका–६ दैलेख छिउडी...
झापा,१९ असार । झापाको भद्रपुर नगरपालिका ९ पोकापाडामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय ६५ बर्षीय धनसिंह राजवंशी रहेको प्रहरीले जनाएको छ । शुक्रबार अन्दाजी ३ बजेदेखि हराइरहेका राजवंशीलाई पोखरीधनी सोही स्थानका नेपाल सिंह राजवंशीले आज...
राजविराज, १९ असार । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार...
काभ्रे,१९ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो । राति १÷२...
काठमाडौं,१९ असार । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका...
चितवन,१९ असार। निरन्तरको वर्षातसंगै झरेको पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएसंगै आज बिहान ९ः १० वजे बाट एक तर्फी सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार चारकिलो,...
गोरखा,१९ असार । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र...














