सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनको राप्तीमा कर्फ्यु जारी, अहिलेसम्मको अवस्था सामान्य


  •    न्युजभित्तो/२३ असार २०७८, बुधबार १४:३५ 
  • चितवन, २३ असार ।राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको मृत्युपछि जारी प्रदर्शनलाइ रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले हिजो रातिदेखि राप्तीमा कर्फ्यु लगाएको छ ।

    प्रशासनले हिजो मंगलबार साँझ ७ः३० देखि आज बुधबार ७ः३० सम्म कफ्र्यू जारी गरेको हो । मंगलबार दिनभर राजमार्ग क्षेत्रमा प्रदर्शन र झडप भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

    निषेधाज्ञा आज बिहानैदेखि कडाइका साथ लागु गरिएको छ । विभिन्न क्षेत्रमा जनपथ र सशत्र प्रहरी परिचालन गरिएको छ । राजमार्गमा अन्य जिल्लामा जाने सवारी साधनलाई आवतजावत गर्न दिइएको छ भने स्थानीय स्तरमा हिँड्डुल, जमघट गर्न रोक लगाइएको छ । राप्ती नगरपालिकाको वडा नम्बर १ लोथर पुलदेखि वडा नम्बर ४ डढुवा चोकसम्मको राजमार्गक्षेत्र सामान्य छ । घर बाहिर राजमार्ग क्षेत्रमा कोही निस्केका छैनन् भने स्थानीय स्तरमा सवारी साधन चलेका छैनन् ।

    प्रशासनले निषेधाज्ञा उल्लघंन गरे गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुन सक्ने जनाएको छ ।

    सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।

    १० दिनपछि स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा सुजिताको शव फेला परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.