राष्ट्रिय
नयाँ दिल्ली, १५ साउन । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा...
काठमाडौँ, १५ साउन । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन...
काठमाडौं,१५ साउन । पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको...
चितवन, १५ साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आउनुभएका उहाँले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम...
वाग्मती, १५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण...
काठमाडौं, १५ साउन । मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सचिवालयका अनुसार देशमा कोरोना...
चितवन, १५ साउन । जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही...
कञ्चनपुर, १५ साउन । वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र...
नवलपुर, १५ साउन । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ र सङ्कटापन्न प्रजातिका जीवजन्तुहरुका लागि महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ । निकुञ्जले चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लालाई छोएको छ । विश्वमा नै दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, घडियाल...
महोत्तरी, १५ साउन । महोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा...















