सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार ०८:५६ 
  • काठमाडौं, १९ साउन । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् ।

    सन् २००२ मा १५ वर्षको उमेरदेखि नै क्रिकेट सुरु गरेको स्मरण गर्दै पारसले यो यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्मी, अफ्नो परिवार र साथीहरुप्रति ऋणी रहेको बताएका छन् । आफ्नो सन्यास घोषणा वक्तव्यमा उनले नेपाल क्रिकेट संघ (क्यान) को नाम कतै उल्लेख गरेका छैनन् । केवल सरोकारवाला भनेका छन् ।

    उनले भनेका छन्, ‘क्रिकेटरका रुपमा मैले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नत्ति हो । तर, यसका लागि सम्पूर्ण क्रिकेट समान र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारीताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि नयाँ उचाईमा पुर्‍याउनेछौं ।’

    उनले अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको बताएका छन् । उनले टिमबाहिर रहे पनि क्रिकेटकै लागि जीवन अर्पित गर्ने बताएका छन् ।

    करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २०१९ मा उनले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्ल नयाँ कप्तान बनेका छन् ।

    उनको कप्तानी समयमा नेपाली क्रिकेटले थुप्रै सफलता हासिल गरेको थियो । सन् २०१० मा डिभिजन ५ खेलेको नेपाली टोलीले तीन वर्षको अन्तरमा डिभिजन टू मा पुगेर सन् २०१४ मा ट्वान्टी(२० विश्वकपसमेत खेलेको थियो ।

    नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । उनी नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी पनि हुन् । उनले नेपालले खेलेका सबै स्वरूपको क्रिकेटमा शतक प्रहार गरेका छन् ।

    सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेबारीमा समेत थिए । आफ्नो करिअरमा सफल रहे पनि उनको सम्बन्ध क्रिकेट संघसँग भने सुमधुर हुन सकेको थिएन ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.