सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार ११:४३ 
  • काठमाडौं, १९ साउन । विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ ।

    संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता सङ्ग्रहमा सङ्कलित छन् । सम्पादक क्षेत्रीले चार वर्षसम्म नेपालका लागि अमेरिकास्थित कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा, साहित्य र देशभक्तिबाट प्रभावित भई सङ्कलन सुरु गर्नुभएको थियो ।

    सम्पादक क्षेत्रीले सङ्ग्रहमा कविले कर्मभूमिमा भोगेको पीडा, सुख, सङ्घर्ष, आरोह, अवरोह तथा आफ्नोपनलाई कलात्मकरूपमा उनेको बताउनुभयो । उहाँले भन्नुभयो, “कविले संसारभर फैलिएको मानवतावाद, लोकतन्त्र, सामाजिक न्याय तथा मानवअधिकारका विषयलाई समेत कवितामार्फत अभिव्यक्त गरेका छन् ।”

    कवि क्षेत्रीले उत्तर अमेरिकी नेपाली कविका कविता सङ्ग्रहका रूपमा आउनु अनुकरणीय कार्य भएको र विषय विविधतासमेत सबलताका साथ प्रस्तुत भएको उल्लेख गर्नुभयो । “अमेरिका विविधताले भरिएको मुलुक हो । जहाँ नेपालीभाषी स्रष्टाले नेपाली सुगन्धलाई सिर्जनामार्फत अभिव्यक्त गरेका छन्”, उहाँले भन्नुभयो ।

    अमेरिकामा रहेका नेपालीका कविताको साझा कृतिका रूपमा सङ्ग्रह आएको बताउँदै कवि तथा सम्पादक क्षेत्रीले भाषा, साहित्य तथा संस्कृतिले माटोप्रतिको प्रेमलाई उजागर गर्न मद्दत गरेको विचार व्यक्त गर्नुभयो । सङ्ग्र्रहमा ‘डायस्पोरिक’ रचनाका साथै नेपालीको जीवन, समाज र तिनका भोगाइका अनुभूति सँगालिएका छन् । सङ्ग्रहले डायस्पोरिक नेपाली कविताको अध्ययन–अनुसन्धान गर्न र प्रवासी नेपालीका कविताका बारेमा जानकारी लिन मद्दत गर्ने बताइएको छ ।

    सङ्ग्रहमा अमोद भट्टराई, आनन्द श्रेष्ठ, ईश्वरी कार्की ‘वर्षा’, उर्मिला श्रेष्ठ ‘भोजपुरे’, एचबी। भण्डारी, डा ऋषि बस्ताकोटी, कपिल सिटौला, कमला प्रसाईं, कमला स्वरूप, कल्पना सत्याल, किशोर विश्वकर्मा, किसनसिंह धामी, डा किस्मत भण्डारी, कुञ्जन रूपाखेती कुन्ती थापा, कुसुम ज्ञवाली, कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णमुरारी ढुङ्गेल, कृष्ण शाह यात्री, गगन विरही, गण्डकी पुत्र, गीता खत्री, गीता पन्थ, गुणराज लुइँटेल, गुहनाथ पौडेल, गोकुल ढकाल, गोकुल भण्डारी, गोपाल रेग्मी, प्राडा गोपी उप्रेती, गोपीकृष्ण काफ्ले गोवर्धन पूजा, डा गोविन्द कोइराला, गोविन्द गिरी प्रेरणा, डा गोविन्द रावत, चन्द्र बज्यू तामाङका कविता समावेश छन् ।

    त्यसैगरी डा तारा निरौला, तीर्थराज अधिकारी, डा तुलसी धरेल, थोमस बास्तोला, दीपा राई पुन, डा दुर्गा दहाल, नम्रता गुरागाईं, डा नवीन ‘अन्योल’, नारायण श्रेष्ठ, नीलम कार्की निहारिका, नीरा शर्मा, पदम विश्वकर्मा, पद्मा लिङ्खा मगर, डा पुण्यसागर मरहट्टा, पुरुषोत्तम ढकाल, पुरुषोत्तम सुवेदी, डा प्रदीप भट्टराई, प्रेम बानियाँ, भारती गौतम, मणि बाङ्देल ‘सागर’ का कविता सङ्गृहित छन् ।

    यस्तै मणि भट्टराई, डा मधु माधुर्य, मनु लोहोरुङ राई, प्रा मोहन सिटौला, राजव, राम अविराम, रामप्रसाद खनाल, लालगोपाल सुवेदी, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ, विश्वराज अधिकारी, डा विष्णुमाया परियार, व्याकुल पाठक, शकुन ज्ञवाली, शरद निरौला, शर्मिला पोखरेल, शिव गौतम, शिव पलाँस, शिवप्रकाश शैलेश आचार्य, शैलेश श्रेष्ठ, सीता पाण्डे, सुदीपभद्र खनाल, हरि अधिकारी, हिरण्य भोजपुरे, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी, होमराज आचार्य र ज्ञानेन्द्र गदाल आदिका कविता पनि पुस्तकमा समावेश छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.