सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १०:३२ 
  • मकवानपुर, १९ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभएको छ ।

    प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा निर्माण गरिने हेटौँडा उपमहानगरपालिका–१ स्थित रहेको हेटौँडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा आज उहाँले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि अब प्रदेश सरकारले क्रमशः ५०० शय्या थप गर्ने लक्ष्य लिएको बताउनुभयो ।

    प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको रु २३ करोड २७ लाखको लागतमा पाँच तल्लाको २०० शय्याको अस्पताल भवन आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव सञ्जीव बरालले बताउनुभयो ।

    सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेशका १३ वटै जिल्ला अस्पतालमा प्रभावकारी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल हातामा बृहत् अक्सिजन प्लान्ट जडान, पीसीआर मेसिन र भेन्टिलेटरहरु उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

    भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा अस्पतालको गुणस्तरीय सेवा अभिवृद्धि गर्न भवन निर्माण गर्नुका साथै पक्की पुल, सडक निर्माण, खानेपानी, विद्युतीकरणका लागि स्थानीय निकायबाट आएका मागअनुसार सरकारले क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.