राष्ट्रिय

योजनामन्त्री शर्मासँग सचिवको कार्यसम्पादन सम्झौता
-न्युजभित्तो

कर्णाली, १ भदौ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग अर्थसचिव चक्रबहादुर बुढाले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालू आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता गरिएको हो । सबै आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध होउन्...

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी
-न्युजभित्तो

काठमाडौं,१ भदौ। नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ । ...

अलैँची मासिन थालेपछि किसान चिन्तित
-न्युजभित्तो

मङ्गलबारे, १ भदौ । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग...

राष्ट्रपतिद्वारा नयाँ प्रदेश प्रमुख नियुक्त, राजेश अहिराज पदमुक्त
-न्युजभित्तो

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । संविधानको धारा १६३ को उपधारा २...

न्यादी हाइड्रोपावरको आइपिओ खुला
-न्युजभित्तो

काठमाडौं,१ भदौ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५...

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि, मुख्यमन्त्रीले सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं,१ भदौ । लुम्बिनी प्रदेश सभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए...

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै
-न्युजभित्तो

काठमाडौं,१ भदौ । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व...

अफगानिस्तानबाट कतार हुँदै काठमाडौं आइपुगे १२७ नेपाली
-न्युजभित्तो

काठमाडौं,१ भदौ । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट...

स्याली नदीे कटानले मरघटैया उच्च जोखिममा
-न्युजभित्तो

कञ्चनपुर, १ भदौ । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ । नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन् । लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान...

छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै
-न्युजभित्तो

मार्तडी, १ भदौ । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ...