सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग


  •    न्युजभित्तो/४ भाद्र २०७८, शुक्रबार ११:२७ 
  • डोटी, ४ भदौ । निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

    कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई रु १० हजार उहाँले सहयोग गर्नुभएको छ ।

    अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थाभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुग्नु भई सहयोग गर्नुभएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.