राष्ट्रिय

नेपाल भ्रमण वर्ष २०२०को भव्य समारोहकाबीच भोलि उद्घाटन गरिदै, राष्ट्रपतिले औपचारिक शुभारम्भ गर्नुहुने
"चितवनको सौराहालगायत सातै प्रदेशमासमेत भ्रमण वर्षको उद्घाटन गरिने "
-न्यूजभित्तो

काठमाडौँ । सन् २०२० जनवरी १ तारिख अर्थात् भोलि पुस १६ गते नेपाल भ्रमण वर्ष २०२०को भव्य समारोहकाबीच उद्घाटन गरिदै छ । नेपाल भ्रमण वर्ष सचिवालयले दशरथ रङ्गशालामा उद्घाटन हुने नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा...

गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदै
-न्युजभित्तो

काठमाडौँ । गुरुङ समुदायले आज तमुल्होसार पर्व मनाउँदैछन् । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष...

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
-न्युजभित्तो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सालघारीमा आज दिउँसो तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता...

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक...

प्रधानमन्त्रीद्वारा त्रिविको रजिस्ट्रारमा प्राडा दाहाललाई नियुक्त
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २० को उपदफा (१) बमोजिम रजिष्ट्रार पदमा छथर पोखरी–३ तेह्रथुम स्थायी घर भई हाल कामनपा–३२ कोटेश्वर निवासी प्राडा पेशल दाहाललाई नियुक्त गर्नुभएको छ...

मकवानपुरको सुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
-न्युजभित्तो

हेटौँडा । मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

सुमो र मिनीट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु, पाँच जना घाइते
-न्युजभित्तो

हेटौँडा । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक आज सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो तीन सय...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यी हुन् मतदानस्थल, कूल मतदाता २ हजार ५६ जना
-न्युजभित्तो

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र...

अबदेखि म्याद थपिएको समयमा पनि आयोजनाको काम नसके सम्झौता मितिदेखिको क्षतिपूर्ति तिराइने
-न्युजभित्तो

काठमाडौँ । म्याद थपिएको समयावधिभित्र पनि आयोजनाको निर्माण सम्पन्न नगरे सम्झौता भएको मितिदेखि क्षतिपूर्ति असुल गर्ने व्यवस्थासहित सरकारले सार्वजनिक खरिद (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ । निर्माण अवधि सकिएर अलपत्र परेका आयोजनाको म्याद थप गर्दा क्षतिपूर्ति लिने व्यवस्था...

उपत्यकामा सवारी दुर्घटना भयावह भन्दै, पाँच महिनामा ७६ को ज्यान गयो
-न्युजभित्तो

काठमाडौँ । गत सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर...