राष्ट्रपतिबाट अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत
न्युजभित्तो/२० फाल्गुन २०७६, मंगलवार १९:०७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिनुभएको राजीनामा आज स्वीकृत गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा. खतिवडाले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य खतिवडाको दुई वर्षे कार्यकाल आज राति सकिँदैछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा खतिवडाले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने प्रावधान छ ।