प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुँदिन’, हेर्नुहोस् भिडियो सन्देश
न्युजभित्तो/१९ फाल्गुन २०७६, सोमबार १९:१९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व आज भिडिओ सन्देश जारी गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइँ र आरामपछि थप उर्जा र आत्म विश्वास लिएर काममा फर्कने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ– ‘हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाइँ र आरामपछि थप उर्जा र आत्म विश्वास लिएर म काममा फर्कने छु ।’
प्रधानमन्त्रीले भिडियो सन्देशमा भन्नुभएको छ, ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुँदिन’ । उहाँले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन सबैलाई आग्रह गर्नुभएको छ ।

भिडियो सन्देश :