राजनीति

भरतपुर १ मा स्वागत तथा सम्मान
-न्युजभित्तो

भरतपुर, ३ फागुन । नेकपा (एमाले) चितवनको जिल्ला कमिटी तथा लेखा आयोगमा चयन हुनु भएकालाई आज एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव...

नेताहरुलाई विदेशीले हेप्न थालेः उपाध्यक्ष पाण्डे
-न्युजभित्तो

चितवन, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले ठुला दलका नेताहरु विदेशीहरुले हेप्न थालेको बताउनु भएको छ । चितवन क्षेत्र नम्बर १ ले खैरहनीमा आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले केहि दिन...

कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन
-न्युजभित्तो

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसमा समय अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरिएको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको केन्द्रीय कार्यसम्पादन...

भोलि बस्ने संसद बैठक एमालेले अवरोध गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं,३ फाल्गुन।  नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । बुधबार बस्ने बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । आफूहरुको माग...

संसदमा एमसीसीको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
-न्युजभित्तो

काठमाडौं,३ फाल्गुन।  सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज बसेको कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो...

राप्रपाको पदाधिकारी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,३ फाल्गुन। राप्रपाले एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ । बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने एक नेताले जानकारी दिए । ...

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा
-न्युजभित्तो

काठमाडौँ,३ फागुन। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी केन्द्रीय कार्यालयका...

कांग्रेस संसदीय दलको बैठक बीचमै प्रधानमन्त्री देउवाले किन गरे सभामुखलाई फोन ?
-न्युजभित्तो

काठमाडौं,३ फाल्गुन।  सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेका छन्। एक नेताका अनुसार प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था...

नयाँ वानेश्वरमा कांग्रेस संसदीय दलको बैठक शुरु
-न्युजभित्तो

काठमाडौं,३ फाल्गुन ।  सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक शुरु भएको छ । केहि समयअघि मात्र नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो । प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको...

मन्त्री आलेविरुद्ध षड्यन्त्र भईरहेको भन्दै सचिवालयद्वारा आपत्ति
-न्युजभित्तो

काठमाडौँ,३ फाल्गुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख...