सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर १ मा स्वागत तथा सम्मान


  •    न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १८:३४ 
  • भरतपुर, ३ फागुन । नेकपा (एमाले) चितवनको जिल्ला कमिटी तथा लेखा आयोगमा चयन हुनु भएकालाई आज एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव राजेन्द्र कुमार पियालाई स्वागत तथा सम्मान गरिएको हो ।

    वडा न १ कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । सम्मानप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सदस्यहरूका तर्फबाट लेखा आयोगका सचिव राजेन्द्र कुमार पियाले नेकपा एमालेलाई थप मजबुत तथा लोकप्रिय पार्टीको रूपमा स्थापित गर्न आफूहरू जुनसुकै मूल्य चुकाउन तयार रहने बताउनुभयो । उहाँले आफूलाई सुम्पिएको जिम्मेवारी पनि इमान्दार भई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि अधिकारीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । भरतपुर महानगरपालिकाका २९ वटै वडामा नेकपा एमालेले जितको झन्डा फहराउने उद्घोष उहाँले गर्नुभयो । भरतपुर महानगरवासीको जीवनमा विकास तथा समृद्धिको आभाष दिलाउने प्रमुख उद्देश्यका साथ लाग्न पनि उहाँले सम्पूर्ण कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.