सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेताहरुलाई विदेशीले हेप्न थालेः उपाध्यक्ष पाण्डे


  •    न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १८:२९ 
  • चितवन, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले ठुला दलका नेताहरु विदेशीहरुले हेप्न थालेको बताउनु भएको छ । चितवन क्षेत्र नम्बर १ ले खैरहनीमा आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले केहि दिन यता नेताहरुलाई विदेशीले हप्काउन सुरु गरेको बताउनु भएको हो ।

    पूर्वमन्त्री पाण्डेले नेताहरुको अकर्मण्यताकै कारण देश बर्बाद हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो । नेताहरुकै कारण एमसीसी लिदा पनि, नलिदा पनि संकट आउने वातावरण बनेको उहाँको भनाई छ । उहाँले अगाडि भन्नुभयो “ठूला दलहरुलेनै एमसीसी लिदा पनि नलिदा पनि पछुताउनुपर्ने अवस्था आएको छ ।”

    संघीयता राष्ट्रका लागि खर्चिलो बन्दै गएको भन्दै उहाँले “७ प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद हटाउने हो भने ५५ अर्ब बढी आर्थिक भार घट्छ ।” उहाँले देशलाई संकटको भूमरीबाट राप्रपालेमात्रै निकाल्न सक्ने दाबी गर्नुभयो । “देशको सुखशान्ती, जातीय मेलमिलाप, धार्मिक एकता जस्ता काम गर्न अब राप्रपाको विकल्प छैन”, उहाँले भन्नुभयो, “अबका चुनावमा जनताले राप्रपा छान्नेछन्, देशलाई संकटको भूमरीबाट निकाल्नेछन् ।”

    उहाँले राप्रपामा युवाहरुको प्रवेशको लहरनै चलेको बताउनुभयो । “केन्द्रीय कार्यालयमा दिनहुँ मेला जस्तो छ, प्रवेश गर्नेहरुको लहर छ”, उहाँले भन्नुभयो, “चितवनमा पनि पार्टी प्रवेशको लहर आएको छ ।” राप्रपा सहमहामन्त्री रिना गुरुङले राष्ट्रहित विपरितको एमसीसी सम्झौता ल्याएर देशलाई ठुलो संकटमा धकेल्ने काम हुन लागेकाले खबरदारी आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग कार्की, पूर्व केन्द्रीय सदस्य रामहरी कँडेल, पूर्व कार्यसम्पादन सदस्य मधु अधिकारी, प्रदेश सदस्यहरु जानुजंग लामा, माधव भट्टराई, राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, काठमाण्डौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धि राणा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खड्काको अध्यक्षतामा भएको हो ।

    एक सय ४२ जना राप्रपा प्रवेश

    यसैबीच १ सय ४२ जना राप्रपामा प्रवेश गरेका छन् । चितवन क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरुलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले टिका तथा खादा लगाएर स्वागत गर्नुभयो । सोही भेलाले क्षेत्री नम्बर १ क र ख को समितिमा पदाधिकारी तथा सदस्यमा समेत मनोनित गरेको छ । क्षेत्र नम्बर १ (क) को उपाध्यक्षमा मञ्जु बर्तौला, हरिबहादुर थापा, सचिवमा सागर पाण्डे, गणेशजंग रायमाझी, सहसचिवमा शम्भु अधिकारी चयन हुनु भएको छ । सदस्यहरुमा शालिग्राम पाठक, तेजप्रसाद डल्लाकोटी, अर्जुन पुरी चयन हुनु भएको छ। क्षेत्र नम्बर १ (ख) मा उपाध्यक्ष सोम बगाले, पार्वती मगर, सचिव कृष्ण पौडेल, कोषाध्यक्ष राजेन्द्र लामा, सदस्यहरुमा गणेश ढुङगाना, ज्ञानबहादुर लामा चयन हुनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.