सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसमा अवधि सकिएका भ्रातृ संगठनको केन्द्रीय समिति विघटन


  •    न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १८:२० 
  • काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसमा समय अवधि सकिएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरिएको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अवधि समाप्त भएका सबै भ्रातृ संगठनको केन्द्रीय समिति कांग्रेसको विधान अनुसार स्वतः विघटन भएको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै बताउनु भएको हो ।

    उहाँका अनुसार नेपाल विद्यार्थी संघसहितका नौवटा भ्रातृ संगठनको केन्द्रीय तदर्थ समिति सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी फागुन मशान्तभित्र गठन गर्ने निर्णय भएको छ । नेविसंघ, नेपाल प्रजातान्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समिति फागुनभित्रै गठन हुने डा महतले जानकारी दिनुभयो ।

    यो तदर्थ समितिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनाभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रवक्ता डा महतले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.