मन्त्री आलेविरुद्ध षड्यन्त्र भईरहेको भन्दै सचिवालयद्वारा आपत्ति
न्युजभित्तो/३ फाल्गुन २०७८, मंगलवार १०:५८
काठमाडौँ,३ फाल्गुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।
निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।
मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।
मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।
नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक-पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।
कान्तिपुर र तिव्बतबीच व्यापार सुदृढ तुल्याउन तत्कालीन कान्तिपुर राज्यका काजी भीम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काजी भीम मल्ललाई आफैँ बन्न लागेको झुट्टा आरोप लगाएर राजदरबारमा राजालाई दर्शनभेट गर्नुअघि हनुमानढोका दरबार नजिकको मल्ल राजाहरूकी ईष्टदेवी तलेजु भवानीको दर्शन गरी राजदरबारभित्र प्रवेश गर्न लाग्दा राजा प्रताप मल्लको हुकुम भएपछि उनलाई आदेशपालक सैनिकद्वारा मूलद्वारमै काटेर मृत्युदण्ड दिएको थियो ।
काजी भीम मल्लले कान्तिपुर राज्यको भलाइको लागि दिलोज्यानले काम गरेका थिए तर उनका तर्फबाट कुनै सफाई नपर्खिई झुट्टा आरोपमा मृत्युदण्ड दिइएपछि उनकी धर्मपत्नी भुवनलक्ष्मी मल्लले– ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस्’ भन्ने श्राप दिएर पतिको चितामा बसेर सती गएकी थिइन् ।
यसरी दबंग मन्त्री भनेर चिनिदै आएका मन्त्री आले नै मानसिक तनावमा रहेको खुलासा भएको हो । भनिन्छ नी -यो सतिले सरापेको देश हो, यहाँ असल चिताउनेको कदापी भलो हुदैन । हो अवश्य पनि नेपालमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृति पुरानै रोग हो । यहाँ राम्रो काम गर्न खोज्नेलाई बदनाम गर्न खोजिन्छ ।
तपाईले पनि केही गल्ती अवश्य गर्नुभएको छ । तपाई पनि दुधले नुहाएको मानिस त होइन । तर तुलनात्मक रुपमा तपाईले अहिलेसम्म राम्रै काम गरेर नट जनताको नैतिक समर्थन पाइराख्नु भएको छ । आर्थिक प्रलोभनमा परेर कुनै पनि काम नगर्नुहोस् । यी त सवथोक क्षणिक हुन् । मानिसले गरेको राम्रो कामको कृति युगौयुगसम्म रहिरहने छ ।
मन्त्री भएसम्म झन् साहसी भएर थप उल्लेखनीय काम गर्नुहोस् । मन्त्री पद गए पनि जान्छ कुनै प्रबाह नगर्नुहोस् । निरन्तर अघि बढ्नुहोस् मन्त्री आले जी ! तपाईलाई आम राष्ट्रप्रेमी नेपाली जनताको साथ र सहयोग छ । केहि गरेर देखाइ दिनुहोस् ! इतिहासले सम्झिनेछ ताकी देशमा यस्ता पनि मन्त्री थिए भनेर सवै नेपालीले तपाईको नाम लिन सकून !