राजनीति

सरकारी वकिलको कार्यालयले मगायो सभापति लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात
-न्युजभित्तो

काठमाडौं,२६ माघ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए। ‘हामीले उहाँका काठमाडौं...

माओवादीको भर्चुअल केन्द्रीय समिति बैठकलाई प्रचण्डले सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौँ,२६ माघ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज बिहीबार साँझ ५ बजेबाट सुरु हुने केन्द्रीय समितिको भर्चुअल बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका हुन् । यसअघि पार्टी केन्द्रीय...

एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौंः गगन
-न्युजभित्तो

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराउन लाग्ने प्रतिबद्धता गरेका छन् । बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए...

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी
-न्युजभित्तो

देउखुरी,२५ माघ।  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान १२ बजे सम्म एक सय ९५ मत...

एमाले अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बिहानै बालकोटमा भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,२५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बिहानै ओली निवास बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गएर गठबन्धन नै धरापमा पर्न...

कांग्रेसलाई प्रमुख प्रतिपक्षीको सुविधा दिन नहुने भन्दै परेको रिटको आज सुनवाइ
-न्युजभित्तो

काठमाडौं, २५ माघ। नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुँदै छ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दल र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग...

सरकारी बिदाहरू धेरै भए, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, २४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् ।  आज ((मंगलबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू...

नेता कोइराला; ‘हामी सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं,’
-न्युजभित्तो

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज (बुधबार) सौराहमा उद्घाटन गर्दै अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल
-न्युजभित्तो

काठमाडौं, २४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । आज मंगलबार बिहान भएको दुई शीर्ष नेतारुबीच...

कारण नबताइ रास्वपाका निवर्तमान मन्त्रीहरूको पत्रकार सम्मेलन स्थगित
-न्युजभित्तो

काठमाडौं,२३ माघ राष्ट्रिय स्वतन्त्र पार्टीका तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरिएको छ । हिजो पदबाट राजीनामा दिएकाकुनै कारण नबताइकन पत्रकार सम्मेलन स्थगनको हो ।  रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले हिजो सरकारबाट हट्ने निर्णय...