सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल


  •    न्युजभित्तो/२४ माघ २०७९, मंगलवार १२:३१ 
  • काठमाडौं, २४ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

    आज मंगलबार बिहान भएको दुई शीर्ष नेतारुबीच भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक घटनाक्रमका साथै मन्त्रिपरिषद् विस्तार विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै वर्तमान सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल भएको बुझिएको छ ।

    यसअघि हिजो मात्र सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । हिजोको बैठकमा तीन नेताहरुबीच भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रित भएको बताइएको थियो ।

    सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले राष्ट्रिय सहमतिको सरकारमा पक्षमा देखिएका छन् भने एमाले यसबारे विपक्षमा रहेको छ । रास्वपा सरकारबाट बाहिरिएसंगै मन्त्रिपरिषद विस्तारको विषयमा सत्तारुढ दलका दुई शीर्ष नेताहरुले छलफल गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.