राजनीति

प्रधानमन्त्री प्रचण्ड र नेपालबिच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,१० चैत। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारबाट एमालेलाई हटाउने...

पत्रकारिता विकास कोष स्थापना गरिन्छ: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,९चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए। आज सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र...

सामाजिक सञ्जालमा हुने ‘फेक सूचना’ र गलत भाष्य रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्छः महामन्त्री थापा
-न्युजभित्तो

काठमाडौं,९ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू भाष्य निर्माण गर्ने आधार...

हामीलाई पछाडि फर्कने छुट छैन: राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ,८ चैत्र। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र...

चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा
-न्युजभित्तो

चितवन,८ चैत्र। प्रतिनिधिसभाको चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने वा नजाने अझै अन्योलमा रहेको छ । प्रचण्ड सररकारलाई विश्वासको मत दिएको पार्टी चितवनमा वैशाख १० मा हुने उपनिर्वाचनपछि वा अघि जाने भन्ने अन्योलमा देखिएको हो । सरकारमा गएको खण्डमा...

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
-न्युजभित्तो

काठमाडौँ,८ चैत्र। सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल...

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आजदेखि सुरु
-न्युजभित्तो

काठमाडौँ,८ चैत्र। वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । निर्वाचन आयोगले हिजो एक सूचना जारी गर्दै आज बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको हो । आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि...

वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौँ,७ चैत्र। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आग्रह गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको हो । आयोगले विविध कारणवश खाली भएका प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको...

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनः प्रधानमन्त्रीको आग्रह
-न्युजभित्तो

काठमाडौँ,७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका हुन् । प्रधानमन्त्रीले भनेका छन्,...

मुद्दा नचल्ने भएपछि रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो
-न्युजभित्तो

काठमाडौं, ७ चैत्र। महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका आधारमा महान्यायाधिबक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय...