राजनीति
चितवन, २० भदौ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा...
चितवन, २० भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा...
काठमाडौं,२० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् ।रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम...
किमाथाङ्का (सङ्खुवासभा),२० भदौ । पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । आज सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताउनुभएको हो । किमाथाङ्का नाकालाई...
काठमाडौँ,२० भदौ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र...
काठमाडौँ,२० भदौ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गर्नुभएको छ । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उहाँले दिनुभएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव...
नारायणगढ, चितवन,१९ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण...
काठमाडौं,१९ भदौ । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका हुन् । उनले मन्त्रीहरू आउने जाने हुन्...
काठमाडौं,१९ भदौ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ। खतिवडाकी आज मातलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। मातलीको लामो...
काठमाडौं,१९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका...










