सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्छः सभापति देउवा


  •    न्युजभित्तो/१९ भाद्र २०८०, मंगलवार १४:१० 
  • काठमाडौं,१९ भदौ । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका छन् । कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका हुन् ।
    उनले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत सगर्व सुनाए ।

    देउवाले भने– व्युरोक्रेसीले सरकारको कुरा त मान्नु पर्‍यो नि,भोट कहाँ हालेको होला ठिकै छ । मन्त्री भइसक्यो चुनाव जितेर आइसक्यो के गर्नुहुन्छ ? मन्त्रीको कुरा पनि मान्नुपर्छ हेर्नुस् । कतिपय कुरा चित्त बुझ्छ बुझ्दैन,नमिल्ने कुरा भन्नुपर्छ । म आफैँ पनि भर्खर गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ । लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ । सबैले यसै गर्नुपर्छ भनेको होइन ।

    देउवाले २०४८ गृहमन्त्री भएका बेला आइजिपी रत्न शमशेरलाई हटाएर मोतीलाल बोहरालाई बनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.