सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव बेचविखनविरुद्ध एकजुट हुन अध्यक्ष ओलीको आह्वान


  •    न्युजभित्तो/२० भाद्र २०८०, बुधबार ११:२३ 
  • काठमाडौँ,२० भदौ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गर्नुभएको छ । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उहाँले दिनुभएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

    “मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखनको नियन्त्रण तथा त्यस अपराधका पीडित प्रभावितको उद्धार, पुनः स्थापना स्वदेश फिर्ती, सामाजिक पुनः मिलन र न्यायमाथि उनीहरूको पहुँच सुनिश्चित गर्न कानुनी प्रबन्ध मात्रले पुग्दैन”, अध्यक्ष ओलीद्वारा जारी सन्देशमा भनिएको छ, “त्यसका लागि सचेत सामाजिक अभियान र दबाबको आवश्यकता पर्दछ । मानव बेचबिखनका घटनाको नियन्त्रणका लागि आवश्यक कानुनको संशोधन, परिमार्जन गर्न र मानव बेचबिखन नियन्त्रणका लागि भरपर्दो संरचनागत आधार निर्माण गर्न सरकार अग्रसर रहनु पर्दछ ।”

    अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको उल्लेख गर्दै उहाँले नेपालमा पनि अमानवीय समस्याबाट प्रभावित भएको र अपराधजन्य यस कार्यका संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

    मानव बेचबिखन कार्यका संलग्नलाई कानुनको दायरामा ल्याएर दण्डित गर्ने र पीडित/प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनः स्थापना, पुनः मिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्र्ने काम प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । विगतमा खुला सिमानाका कारण छिमेकी देश भारतमा यौन शोषणका लागि मानव बेचबिखन हुने गरेकामा केही वर्षयता नेपालको आन्तरिक बजार (मनोरञ्जन क्षेत्र) र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनका क्रममा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.