सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केही दिनभित्र सुन काण्ड निष्कर्षमा पुग्छ: गृहमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२० भाद्र २०८०, बुधबार १६:०७ 
  • चितवन, २० भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् ।

    माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् ।
    गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए । उनले यो सरकारको निरन्तरता, गहृमन्त्रीको निरन्तरता भ्रष्टचार, कालोबाजारी, दण्डहिनता र तस्करीको निरन्तरता सँगसँगै जान नसक्ने बताए ।

    यो भ्रष्टचारविरोधी अभियानलाई बिश्राम नलिई अगाडि बढाउने उनले दाबी गरे । उनले भने, ‘भ्रष्टचार नियन्त्रण सजिलो बाटो होइन तर तै चुपमैचुपको नीतिको यथास्थितिको सामु लम्पसार हुने काम यो सरकारबाट हुन सक्दैन । सबै अपराधी र तस्करहरुलाई कानुनी कठघरामा उभ्याइन्छ । ’ ६० किलो सुन तस्करीलाई आधार बनाएर त्यसको जरासम्म पुग्ने काममा सीआईबी अनुसन्धानरत रहेको भन्दै छिट्टै अनुसन्धान निष्कर्षमा पुग्ने श्रेष्ठले जानकारी दिए । भ्रष्टचार नियन्त्रणलाई सबैले साथ दिइरहेको भन्दै आभार व्यक्त गरे ।

    प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर बालुवाटार जग्गा व्यक्तिको नाममा लग्ने काम भएको भन्दै गहन्त्रीले बालुवाटार जग्गा छिट्टै सरकारको नाममा आउने दाबी गरे ।

    कार्यक्रममा गृहमन्त्री श्रेष्ठले आफूहरु दृढतापूर्वक राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक आर्थिक रुपान्तरण चाहेको बताए । उनले भने, ‘ मूल मिसन र ध्येयमा अविचलित भएर सरकार अगाडि बढ्नेछ । अहिले देखिएका घटना बाहेक अन्य घटनामा छानबिन गरेर भ्रष्ट र अपराधीलाई कानुनी दायरामा ल्याउनेछौं । भ्रष्टचारविरोधी अभियान चलाउने पात्रहरुलाई घेराबन्दी गर्ने र सरकारका केही पात्रलाई घेराबन्दी गर्ने, यसका मूल पात्रहरुलाई हटाउने षडयन्त्र भइरहेको छ । हामी षडयन्त्रबाट पछाडि हट्ने छैनौं । ’ उनले आफूहरुले नयाँ ढाँचाको आर्थिक विकास र समृद्ध नेपाल बनाउन चाहेको बताए । श्रेष्ठले जनताले कर्मचारी र दलका नेताहरुलाई दलाली र चाकडी गर्नुपर्ने अवस्थाको अन्त्य गनुप¥यो भनेर जनताले भनेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.