सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केही दिनभित्र सुन काण्ड निष्कर्षमा पुग्छ: गृहमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२० भाद्र २०८०, बुधबार १६:०७ 
  • चितवन, २० भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् ।

    माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् ।
    गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए । उनले यो सरकारको निरन्तरता, गहृमन्त्रीको निरन्तरता भ्रष्टचार, कालोबाजारी, दण्डहिनता र तस्करीको निरन्तरता सँगसँगै जान नसक्ने बताए ।

    यो भ्रष्टचारविरोधी अभियानलाई बिश्राम नलिई अगाडि बढाउने उनले दाबी गरे । उनले भने, ‘भ्रष्टचार नियन्त्रण सजिलो बाटो होइन तर तै चुपमैचुपको नीतिको यथास्थितिको सामु लम्पसार हुने काम यो सरकारबाट हुन सक्दैन । सबै अपराधी र तस्करहरुलाई कानुनी कठघरामा उभ्याइन्छ । ’ ६० किलो सुन तस्करीलाई आधार बनाएर त्यसको जरासम्म पुग्ने काममा सीआईबी अनुसन्धानरत रहेको भन्दै छिट्टै अनुसन्धान निष्कर्षमा पुग्ने श्रेष्ठले जानकारी दिए । भ्रष्टचार नियन्त्रणलाई सबैले साथ दिइरहेको भन्दै आभार व्यक्त गरे ।

    प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर बालुवाटार जग्गा व्यक्तिको नाममा लग्ने काम भएको भन्दै गहन्त्रीले बालुवाटार जग्गा छिट्टै सरकारको नाममा आउने दाबी गरे ।

    कार्यक्रममा गृहमन्त्री श्रेष्ठले आफूहरु दृढतापूर्वक राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक आर्थिक रुपान्तरण चाहेको बताए । उनले भने, ‘ मूल मिसन र ध्येयमा अविचलित भएर सरकार अगाडि बढ्नेछ । अहिले देखिएका घटना बाहेक अन्य घटनामा छानबिन गरेर भ्रष्ट र अपराधीलाई कानुनी दायरामा ल्याउनेछौं । भ्रष्टचारविरोधी अभियान चलाउने पात्रहरुलाई घेराबन्दी गर्ने र सरकारका केही पात्रलाई घेराबन्दी गर्ने, यसका मूल पात्रहरुलाई हटाउने षडयन्त्र भइरहेको छ । हामी षडयन्त्रबाट पछाडि हट्ने छैनौं । ’ उनले आफूहरुले नयाँ ढाँचाको आर्थिक विकास र समृद्ध नेपाल बनाउन चाहेको बताए । श्रेष्ठले जनताले कर्मचारी र दलका नेताहरुलाई दलाली र चाकडी गर्नुपर्ने अवस्थाको अन्त्य गनुप¥यो भनेर जनताले भनेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.