राजनीति

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-न्युजभित्तो

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण...

चितवनमा प्रचण्डले भनेः नयाँ वर्षमा नयाँ सरकार बन्छ
-न्युजभित्तो

चितवन, ३१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो संकेत गरेका हुन् । प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ...

तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-न्युजभित्तो

अदानचुली (हुम्ला), ३१ चैत । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिकालगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । अन्य गाउँपालिकामा मन्त्रालयले...

‘वनस्पति विभागले वनस्पतिको पहिचान तथा संरक्षणका क्षेत्रमा प्रशंसनीय काम गरिरहेको छ’
-न्युजभित्तो

काठमाडौँ, २९ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी वनस्पति विभागले वनस्पतिको पहिचान, अभिलेखीकरण, संरक्षण तथा अध्ययन, अनुसन्धानका क्षेत्रमा प्रशंसनीय काम गर्दै आएको बताउनुभएको छ । वनस्पति विभागले ६५औँ वार्षिकोत्सव तथा २६औँ वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको...

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह
-न्युजभित्तो

जनकपुर, २९ चैत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ । आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उहाँले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको...

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी
-न्युजभित्तो

काठमाडौं, २९ चैत । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल...

दुर्गा प्रसाईंलाई आजै म्याद थप गरिने, कागजात तयार गर्दै प्रहरी
-न्युजभित्तो

काठमाडौं, २९ चैत । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, अहिले प्रहरीले...

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो
-न्युजभित्तो

काठमाडौँ, २९ चैत । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् ।...

झापाबाट काठमाडौं ल्याइँदै दुर्गा प्रसाईं
-न्युजभित्तो

काठमाडौं, २९ चैत । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार (चैत २८)भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई शुक्रबार (चैत २९) झापा हुँदै काठमाडौं ल्याउन लागिएको छ । नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका...

लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरताः मन्त्री भण्डारी
-न्युजभित्तो

काठमाडौँ, २८ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने,...