सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरताः मन्त्री भण्डारी


  •    न्युजभित्तो/२७ चैत्र २०८१, बिहीबार १७:०० 
  • काठमाडौँ, २८ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताउनुभएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेका छौँ, सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको छ, औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, सडक र यातायातको विकास तथा सूचना प्रविधिको विस्तारलाई उच्च प्राथमिकता दिइएको छ, यी पूर्वाधारहरूले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुर्याउने छन् ।”

    मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको मन्त्री भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “यद्यपि नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर हामीले नीतिगत सुधार गर्दै आएका छौँ ।”

    विगत लामो समयदेखि महासङ्घले नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रको छाता सङ्गठनका रूपमा महासङ्घले व्यवसायीका हकहितको संरक्षण गरेर राष्ट्रिय अर्थतन्त्रको विकासमा पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “उद्योग व्यवसायको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ, हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयास थालेका छौँ ।”

    द्धिपक्षीय व्यापार सहजीकरणमा महासङ्घको भूमिकाको सराहना गर्दै उहाँले गत जनवरीमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आयोजना गरेको जानकारी गराउँदै उहाँले महासङ्घ र भारतको सिआइआइको नेतृत्वमा गठन भएको नेपाल–भारत व्यापार मञ्चका सुझाव उक्त बैठकका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    महासङ्घले व्यापार विस्तार मात्र नभइ पारदर्शिता र जवाफदेहीतामा पनि विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “यहाँहरूले निरन्तर रुपमा उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्ने व्यवस्थाका लागि हामीलाई आग्रह गरिरहनुभएको थियो, हामीले यसै सातामात्र परिपत्र गरी पूर्ण रूपमा अनलाइनबाट सञ्चालन गर्न सबै संस्थालाई आग्रह गरिसकेका छौँ ।”

    उहाँले महासङ्घले आफ्ना सदस्यका समस्या र सुझाव सरकारसम्म पुर्याउन तथा नीति निर्माण प्रक्रियामा रचनात्मक योगदान दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँहरूले अल्प, मध्य र दीर्घकालीन सुधारका लागि नयाँ चरणको सुधारको माग गर्नुभएको थियो, सोहीअनुसार गठित आयोगले सुझाव दिने नै छ, हामी सुधारका लागि तत्पर छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.