सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह


  •    न्युजभित्तो/२८ चैत्र २०८१, शुक्रबार १४:५५ 
  • जनकपुर, २९ चैत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

    आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उहाँले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण गर्दै स्व मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताउनुभयो ।

    जनकपुरधाम उपमहानगरपालिका(४ स्थित गङ्गासागर पोखरी पूर्वतर्फको डिलमा स्वर्गीय मिश्रको सालिक निर्माणकार्य सुरु हुँदा स्थानीय केही व्यक्तिले विरोध जनाएका छन् । सालिक निर्माण हुने जमिन स्वर्गीय मिश्र परिवारकै रहेकाले त्यस कार्यमा अवरोध नगर्न नेता निधिले आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका नेता प्रफुल्लराज घिमिरेले स्वर्गीय मिश्रको सालिक निर्माणमा गलत राजनीति नगर्न तथा उहाँको योगदानको कदर गर्न सबैलाई आग्रह गर्नुभयो ।

    स्वर्गीय मिश्र विसं २०१५ मा भएको निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाबाट निर्वाचित भई बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योगमन्त्री हुनुभएको थियो । उहाँका पालामा जनकपुरधामको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, बाँसबारी छाला उद्योगसहितका दर्जनौँ उद्योग स्थापना भएको बताइन्छ ।

    विसं २०१७ पुस १ गते राजा महेन्द्रले पञ्चालयती व्यवस्था सुरु गरेपछि मिश्रलाई पनि लामो समयसम्म जेलमा बन्दी बनाइएको थियो । उहाँको विसं २०२७ पुस ६ गते निधन भएको थियो ।

    हाल सालिक निर्माण गर्ने भनिएको स्थलमा प्रत्येक वर्ष उहाँको पुण्यतिथि मनाउने गरिएको छ । यहाँ सालिक निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले बजेट विनियोजन गरी कार्य अगाडि बढाएको नगरप्रमुख मनोजकुमार साहले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.