राजनीति

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस: प्रधानमन्त्री ओली
-न्युजभित्तो

चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...

प्रधानमन्त्री ओली आज चितवन आउँदै
-न्युजभित्तो

चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा...

प्रचण्डले भनेजस्तो सरकार ढल्दैनः कांग्रेस
-न्युजभित्तो

काठमाडौँ, ४ वैशाख । नेपाली कांग्रेसले सरकारबारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको छ । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट...

माओवादीले अनावश्यक हिंसा मच्याएः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले देशमा अनावश्यक ढङ्गले गन्तव्यविहिन हिंसा मच्याएको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै देशमा हिंसा मच्याउनुपर्ने कुनै कारण नै नरहेको बताए। उनले भने, ‘हाम्रा देशमा एउटा...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
-न्युजभित्तो

लुम्बिनी, ४ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रुपन्देही आइपुग्नुभएका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस...

सुमना श्रेष्ठले रास्वपा सहमहामन्त्रीबाट राजीनामा दिँदै
-न्युजभित्तो

काठमाडौं, ४ वैशाख । रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले...

गणतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य आवश्यक छः बाबुराम भट्टराई
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरूबीचको सहकार्यबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरेर अघि बढ्न सके संघीय लोकतान्त्रिक गणतन्त्रको...

‘प्रजातन्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण’
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको नीति, विचार...

राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले...